बेँसीसहरमा बाह्रैमहिना शुद्ध खानेपानी उपलब्ध हुन्छ : मन्त्री यादव

हिमाल प्रेस ६ चैत २०८१ २१:३५
10
SHARES
बेँसीसहरमा बाह्रैमहिना शुद्ध खानेपानी उपलब्ध हुन्छ : मन्त्री यादव खानेपानीमन्त्री प्रदीप यादव

लमजुङ– खानेपानीमन्त्री प्रदीप यादवले बेँसीसहरमा खानेपानी समस्या समाधान भएको बताएका छन्। बुधबार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले अब बाह्रैमहिना स्वच्छ खानेपानी उपलब्ध हुने बताए।

नेपाल सरकारको नीति नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्रसहित लमजुङका नागरिकको खानेपानी समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।

‘देशका हिमाल, पहाड, तराईसहित विभिन्न दुर्गम क्षेत्रका नागरिकको खानेपानीको समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्णरुपमा प्रतिबद्ध छ,’ मन्त्री यादवले भने।

भावी योजनाअन्तर्गत बेँसीसहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्न १० करोडको नयाँ परियोजना अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको तथा जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि १७ करोडको थप योजना स्वीकृत प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

उद्घाटन गरिएको आयोजनाले बेँसीसहर नगरपालिका–६ देखि १० सम्मका करिब ४५ हजार जनसंख्या तथा तीन हजार ३०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ।

सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालित यो आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत योगदान रहेको छ। कूल लागत २८ करोड ८३ लाख रुपैयाँ रहेकोमा सरकारको २० करोड २८ लाख र उपभोक्ता समितिको आठ करोड ६४ लाख रुपैयाँ लगानी छ।

कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो।

प्रकाशित: ६ चैत २०८१ २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast