चौधरी फाउण्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

हिमाल प्रेस ६ चैत २०८१ १८:४४ | Wednesday, March 19, 2025
चौधरी फाउण्डेसनको सहयोगमा प्रतापपुरमा शुद्ध खानेपानीको व्यवस्था

काठमाडौँ– पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। प्रतापपुरको वडा नम्बर ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ बर्षदेखि जीर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइएको हो।

बुधबार एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीले यो आयोजनाको उद्घाटन गरेका हुन्। उनले शुद्ध पानी पिउन पाउनुपर्ने नागरिकको अधिकार भएको बताए। उनले भने, ‘चौधरी फाउण्डेसनको सहयोगमा यहाँ शुद्ध खानेपानीको व्यवस्था भएको छ। यो काम हामीले अन्त्य पनि गर्नेछौँ। नागरिकालाई शुद्ध खानेपानीको व्यवस्था गर्न सरकारले प्राथमिकताका साथ काम गर्नुपर्दछ।’

चौधरी फाउन्डेसनको आर्थिक सहयोगमा यस आयोजनाको स्तरोन्नतिको कार्य गरिएको हो। शुद्ध खानेपानीको अभावमा प्रतापपुरका स्थानीय अत्याधिक आर्सेनिकयुक्त खानेपानी पिउन बाध्य छन्।

लामो समयदेखि बन्द रहेको खानेपानी आयोजनालाई प्रतापपुर गाउँपालिको सहकार्यमा चौधरी फाउण्डेसनको आर्थिक सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको हो। सफा र शुद्ध खानेपानीको व्यवस्था भएपछि स्थानीय खुसी भएका छन्। यो आयोजनाबाट प्रतापपुरका सयौँ घरपरिवार लाभान्वित भएका छन्।

पश्चिम नवलपरासीमा चौधरी फाउण्डेसनले युवा स्वरोजगार, महिला उद्यमशीलताका साथै शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्दै आएको छ। सांसद चौधरीले विकासका कामलाई केन्द्रमा राखेर निरन्तर निर्वाचन क्षेत्रमा सक्रिय हुँदै आएका छन्।

प्रकाशित: ६ चैत २०८१ १८:४४ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast