एनएमबी बैंक, आईएफसी र ईयूबीच साझेदारी

हिमाल प्रेस ६ चैत २०८१ १८:३६
एनएमबी बैंक, आईएफसी र ईयूबीच साझेदारी

काठमाडौँ- एनएमबी बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग सहकार्य गर्दै युरोपियन युनियनको ‘एसीएसआईआईएस’ कार्यक्रमको सहयोगमा तीन दिने तालिम सञ्चालन गरेको छ।

तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू–ऊर्जा, कृषि व्यवसाय र सानो तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्ने केन्द्रित रहेको थियो।

तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिएको छ। आईएफसीका विशेषज्ञ र स्थानीय परामार्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासबारे ज्ञान हासिल गर्न एनएमबी बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृत तथा ग्राहक गरी ९० जना सहभागी थिए।

सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनःस्थापना र स्रोत दक्षताजस्ता विषयहरू छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको एनएमबी बैंकले जनाएको छ।

प्रकाशित: ६ चैत २०८१ १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast