त्रिभुवन क्याम्पस पाल्पाको सभापतिमा अखिल क्रान्तिकारीका घर्ती निर्वाचित

हिमाल प्रेस ६ चैत २०८१ १३:५२ | Wednesday, March 19, 2025
त्रिभुवन क्याम्पस पाल्पाको सभापतिमा अखिल क्रान्तिकारीका घर्ती निर्वाचित

लुम्बिनी- त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाको स्ववियु निर्वाचनमा मिश्रित परिणाम आएको छ।सो क्याम्पसको स्ववियु सभापतिमा पहिलोपटक अखिल क्रान्तिकारीले बाजी मारेको हो। सभापति पदमा अखिल क्रान्तिकारीका मिलन घर्ती मगर निर्वाचित हुँदा सचिव र कोषाध्यक्षमा नेविसंघ निर्वाचित भएको छ।

क्रान्तिकारीका घर्ती मगरले ३९० ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेविसंघका कृष्ण अर्यालले ३४२ र अनेरास्ववियुकी अनुजा अर्यालले २८७ मत प्राप्त गरिन् भने अनेरास्ववियु (स्वतन्त्र) का उमेश भण्डारीले १८५ मत प्राप्त गरेका छन्।

स्ववियु सचिवमा नेविसंघका सुशील बस्याल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा नेविसंघकै निस्सा राना विजयी भइन्। त्रिभुवन बहुमुखी क्याम्पस,पाल्पा १ हजार ८९४ मतदाता रहेकोमा कुल १ हजार २२८ मत खसेको थियो।

प्रकाशित: ६ चैत २०८१ १३:५२ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast