प्रतीकात्मक तस्बिर।
सुर्खेत- जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ। घर नजिकैको जंगलमा बाख्रा चराउने क्रममा मंगलबार उनी लडेर घाइते भएका थिए।
घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए।
प्रकाशित: ६ चैत २०८१ ८:५९ | Wednesday, March 19, 2025
प्रतिक्रिया




