दुवै सदनको बैठक बस्दै

हिमाल प्रेस ६ चैत २०८१ ७:२५ | Wednesday, March 19, 2025
दुवै सदनको बैठक बस्दै संसद् भवनमा शुक्रबार बसेको प्रतिनिधिसभा बैठक। तस्बिर : रासस

काठमाडौँ- संघीय संसद्को दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरण सम्बन्धी पत्र पढेर सुनाउने र तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल, नेपाल २८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन र नेपाल नागरिकता दोस्रो सशोधन विधेयक सदनमा दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछन्।

यी विधेयकहरुमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरी नागरिकता विधेयक पारित गरिनेछ।

राष्ट्रिय सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्राय वन तथा वातावरण मन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नहरूको मन्त्रीहरुले उत्तर दिने कार्यसूची छ। यस्तै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजानिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशाधन गर्न विधेयक, २०८१ टेबुल हुनेछ।

अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कुसर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ६ चैत २०८१ ७:२५ | Wednesday, March 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast