तनहुँमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु, चालक नियन्त्रणमा

हिमाल प्रेस ५ चैत २०८१ ७:२५ | Tuesday, March 18, 2025
तनहुँमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु, चालक नियन्त्रणमा

पोखरा- तनहुँको म्याग्दे गाउँपालिका ४ ओटाङ्दीस्थित भित्री कच्ची सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

सोमबार साँझ ओटाङ्दीबाट हाईवेतर्फ फर्किँदै गरेको ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक म्याग्दे गाउँपालिका २, जामुनेका ३० वर्षीय सुक बहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक प्रकाश कुमार श्रेष्ठ भने सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

प्रकाशित: ५ चैत २०८१ ७:२५ | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast