च्याउ खाँदा बिरामी भएका एकको मृत्यु, अरूको अवस्था सामान्य

हिमाल प्रेस ५ चैत २०८१ ७:२० | Tuesday, March 18, 2025
च्याउ खाँदा बिरामी भएका एकको मृत्यु, अरूको अवस्था सामान्य प्रतीकात्मक तस्बिर।

तनहुँ- तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा बारीमा उम्रिएको जंगली च्याउको तरकारी खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

गत शुक्रबार राति च्याउको तरकारी खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

थापाका अनुसार च्याउको तरकारी खाएपछि बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ। बारीमा उम्रिएको च्याउको तरकारी खाँदा शुक्रबार १० जना बिरामी परेका थिए। रासस

प्रकाशित: ५ चैत २०८१ ७:२० | Tuesday, March 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast