
काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली घोषणा भएको छ। सोमबार सार्वजनिक टोलीमा फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अञ्जल श्रेष्ठ र रक्षक सुमन श्रेष्ठ समावेश छन्।
नेपालका मुख्य प्रशिक्षक म्याट रसले मार्च २१ मा सिंगापुरविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मार्च २५ मा मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन्। उनले मार्च २ बाट टोली सम्हालेका छन्।
उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका सुवास र विभागीय टोली एपीएफ क्लबका सुमन र अञ्जलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
यसै गरी फरवार्ड रेजीन सुब्बा र मिडफिल्डर कृतिशरत्न छुन्जुले राष्ट्रिय टोलीमा फर्किएका छन्।
यस्तो बन्यो टोली:
गोलकिपर: किरण चेम्जोङ, दीप कार्की, अञ्जल श्रेष्ठ
रक्षक: अनन्त तामाङ, विमल पाण्डे, सनीस श्रेष्ठ, रन्दीप पौडेल, सुमीत श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ
मिडफिल्डर: रोहित चन्द ठकुरी, लाकेन लिम्बु, रोहन कार्की, मणिकुमार लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतिशरत्न छुन्जु, आयुश घलान
फरवार्ड: जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, सुवास बम ठकुरी, रेजीन सुब्बा