बीआरआईबारे विवाद गर्नुपर्ने कारण छैन : पूर्वप्रधानमन्त्री खनाल

हिमाल प्रेस ३ चैत २०८१ १९:१० | Sunday, March 16, 2025
बीआरआईबारे विवाद गर्नुपर्ने कारण छैन : पूर्वप्रधानमन्त्री खनाल पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ– पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) नेपालको हितमा रहेकाले विवाद गर्नुपर्ने कारण नरहेको बताएका छन्।

बीआरआई विषयक काष्ठमण्डप डायलगको पहिलो शृंखलाको सम्बन्धमा फाउन्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजमले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देशको परिस्थितिअनुरुप बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन गर्नुपर्ने समेत बताए।

उनले विश्वका १५० भन्दा बढी देशमा बीआरआई परियोजना लागू भइसकेको र त्यसबाट यो लाभकारी हो भन्ने पुष्टि भएको धारणा राखे।

बीआरआईका सन्दर्भमा देखिएका चर्चाका बिषयमा काष्ठमण्डप डायलगमार्फत बौद्धिक वर्गसँग छलफल गरिएको उनले बताए। उनले काष्ठमण्डप डायलगको पहिलो शृंखलाबाट विभिन्न संवादमा अध्ययन र अनुसन्धानको प्रक्रियालाई जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिए।

उनले बीआरआई परियोजना २१ औँ शताब्दीको ठूलो परियोजना भएकाले नेपालले फाइदा लिएर अघि बढ्नुपर्छ भन्ने निष्कर्ष रहेको उल्लेख गरे। बीआरआईका विषयमा राजनीतिक दलहरुबीच वृहत् राष्ट्रिय एकता कायम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको उनले बताए।

प्रकाशित: ३ चैत २०८१ १९:१० | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast