शिक्षा ऐनका लागि शिक्षक कर्मचारीले दबाब दिनुपरेको छ, उचित होइन : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस ३ चैत २०८१ १२:०९ | Sunday, March 16, 2025
शिक्षा ऐनका लागि शिक्षक कर्मचारीले दबाब दिनुपरेको छ, उचित होइन : नारायणकाजी श्रेष्ठ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष, सांसद तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षक कर्मचारीहरूले शिक्षा ऐनको लागि दबाब दिनपर्ने अवस्था आउनु उपयुक्त नभएको बताएका छन्। उनका अनुसार, सरकारलाई दबाब दिनका लागि शिक्षक कर्मचारीले आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुनु दु:खद् हाे।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शुक्रबार माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा दिएको धर्नालाई पार्टीको तर्फबाट सम्बोधन गर्दै श्रेष्ठले भने, ‘हामी सरकारलाई दबाब दिन्छौं, अरु पार्टीहरूलाई पनि यसमा संलग्न गर्न सक्छौं। हामी सांसदहरूलाई पनि भन्छौं। शिक्षक कर्मचारीका मागलाई समेटेर विधेयक संसदबाट पारित गर्न विशेष पहल गर्नेछौं।’

उनले थपे, ‘सरकारकै कारण शिक्षक कर्मचारीले आन्दोलन गर्नुपर्ने अवस्था सृजना भएको छ। आन्दोलन सदाको लागि अन्त्य भयो भन्ने होइन, शिक्षा ऐनका लागि शिक्षक कर्मचारीले आन्दोलन गर्नुपर्ने कुरा उचित हाेइन सरकारले बुझोस्।’

श्रेष्ठका अनुसार सरकारले शिक्षा विधेयकलाई अगाडि बढाउनका लागि प्रभावकारी कदम चाल्नुपर्छ। उनले भने, ‘शिक्षक कर्मचारीलाई दबाब दिइरहनु परेको अवस्था छ। हामी इमान्दारीपूर्वक विधेयक पारित गर्ने दिशामा काम गर्दैछौं।’

प्रकाशित: ३ चैत २०८१ १२:०९ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast