हमासले नियन्त्रण लिएका २४ बन्धक जीवित रहेको ठहर, के होला विपिन जोशीको अवस्था?

हिमाल प्रेस ३ चैत २०८१ ८:४५
8
SHARES
हमासले नियन्त्रण लिएका २४ बन्धक जीवित रहेको ठहर, के होला विपिन जोशीको अवस्था?

विद्रोही पक्ष हमासको नियन्त्रणमा लिएका २४ जना अझै जीवित रहेको ठहर गरिएको छ। प्यालेस्टिनी समूहले हमाससँग छलफलका क्रममा हमासले बन्धक बनाएकामध्ये ३५ जना हालसम्म मारिएको ठहर गरेको हो।

जीवित रहेकामध्ये र इजरेली दोहोरो नागरिकता भएका २१ वर्षे सैनिक एडन एलेक्जेन्डर पनि रहेको बताइएको छ। हमासको नियन्त्रणमै रहेका अन्य चार अमेरिकी नागरिकको मृत्यु भइसकेको विवरण आएका छन्।

सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासले गरेको आक्रमणका क्रममा इजरेल अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी विपिन जोशीलाई पनि हमासले नियन्त्रणमा लिएको ठानिएको छ। यद्यपि उनको अवस्था अज्ञात छ।

पहिलो चरणको युद्धविरामका क्रममा रिहाइ गर्नेहरूको सूचीमा जोशीको नाम समावेश नभएपछि नेपाली अधिकारीहरूले दोस्रो चरणको युद्धविराममा उनलाई रिहा गराउने पहल भइरहेको बताउँदै आएका थिए। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए।

हमास र इजरेलबीच ज्यानुअरी १९ मा सुरु भएको युद्धविरामको अन्त्यतिर हमासले २६ फेब्रुअरीका दिन चार इजरेली बन्धकको शव हस्तान्तरण गरेको थियो। करिब छ साता लामो युद्धविरामका क्रममा हमासले २५ जना जीवित बन्धक इजरेललाई हस्तान्तरण गरेको थियो।

इजरेलले पनि १,९०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो। बीबीसीबाट

आमाको प्रश्न : मेरो छोरा विपिनलाई सकुशल कहिले ल्याइदिने हो सरकार?

विपिनप्रति आश र त्रासको भूमरीमा परिवार

हमासले छाड्यो ६ बन्धक, किन पर्दैनन् विपिन जोशी?

विपिन जोशीबारे १६ महिनादेखि सरकारको एउटै जबाफ : रिहाइका लागि पहल जारी छ

प्रकाशित: ३ चैत २०८१ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast