रकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

हिमाल प्रेस १७ असार २०८३ १८:३८ | Wednesday, July 1, 2026
44
SHARES
रकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न  निर्देशन

काठमाडौँ – सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी ‘स्क्यान’ नगर्न निर्देशन दिइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार परिपत्र जारी गर्दै तीनै तहका सरकारलाई त्यस्तो निर्देशन दिएको हो।

सरकारी कागजातको गोपनीयता र सुरक्षित अभिलेखीकरण सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको कार्यालयका कम्प्युटर इन्जिनियर बोधराज बरालद्वारा जारी परिपत्रमा उल्लेख छ।

मोबाइल स्क्यानिङ एप प्रयोग गर्दा संवेदनशील तथा गोप्य राख्नुपर्ने सरकारी कागजातको गोपनीयतामा प्रतिकूल असर पर्न सक्नेतर्फ सचेत गराइएको छ।

प्रकाशित: १७ असार २०८३ १८:३८ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast