पूर्वराजालाई प्रचण्डले तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना लगाए : राप्रपा

हिमाल प्रेस ३ चैत २०८१ ८:२७ | Sunday, March 16, 2025
पूर्वराजालाई प्रचण्डले तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना लगाए : राप्रपा राप्रपा महामन्त्री धवल शमशेर। तस्बिर : शमशेर सचिवालय

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि ‘तुच्छ, अमर्यादित, बिना प्रमाणको लाञ्छना’ लगाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घोर भर्त्सना गरेको छ ।

‘राप्रपा मुकदर्शक भएर बस्ने छैन,’ भन्दै दाहाललाई यस किसिमको ‘गैरजिम्मेवार पूर्वाग्रही’ अभिव्यक्ति नदोहोर्‍याउन राप्रपाले चेतावनी दिएको छ ।

राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा। धवल शम्शेर राणाको अध्यक्षतामा शनिबार केन्द्रीय कार्यालयमा बसेको आन्दोलन परिचालन समितिको वैठकको निर्णयमा यसो भनिएको छ।

आन्दोलन परिचालन समितिको निर्णयमा भनिएको छ, ‘चैत्र १ गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजा ज्ञानेन्द्रलाई इंगित गर्दै तुच्छ अमर्यादित, बिना प्रमाणको आरोप लाञ्छना लगाएकोमा राप्रपा आन्दोलन परिचालन समिति घोर भत्सर्ना गर्दछ ।’

‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन्,’ राप्रपा आन्दोलन परिचालन समितिको ठहर छ । ‘परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’

प्रकाशित: ३ चैत २०८१ ८:२७ | Sunday, March 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast