सभापतिका उम्मेदवारले नै लगाए त्रिचन्द्रमा ताला

हिमाल प्रेस २ चैत २०८१ ११:०३ | Saturday, March 15, 2025
सभापतिका उम्मेदवारले नै लगाए त्रिचन्द्रमा ताला

काठमाडौँ- त्रिचन्द्र कलेजमा मध्यरातमा तालाबन्दी गरिएको छ। आसन्न स्ववियु निर्वाचनको मुखमा हिजो मध्यरातमा स्ववियु अध्यक्षका उम्मेदवारले नै ताला लगाएका हुन् ।

त्यसरी तालाबन्दी गर्नेहरूमा नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँ रहेका छन्।

उनीहरू दुवै जना पूर्व नेविसंघकर्मी हुन्। नेविसंघमा असन्तुष्टि भएपछि बानियाँले नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ दर्ता गराएर उम्मेदवारी दिएका थिए ।

प्रकाशित: २ चैत २०८१ ११:०३ | Saturday, March 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast