मुख्यमन्त्री सिंह ‘महामूर्ख’

हिमाल प्रेस १ चैत २०८१ १५:०२
6
SHARES
मुख्यमन्त्री सिंह ‘महामूर्ख’ मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंह।

महेन्द्रनगर- यस वर्षको महामूर्ख उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई प्रदान गरिने भएको छ।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन शुक्रबार जनकपुरधाममा उक्त घोषणा गरिएको हो।

रङको र खुसीको पर्व होलीका अवसरमा जनकपुरधामस्थित मिनापले हरेक वर्ष यो सम्मेलन आयोजना गर्दै आएको छ। कार्यक्रममा हास्यव्यङ्ग्य र सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिन्छ। कार्यक्रमका माध्यमबाट मिनापले मिथिलाको कला र संस्कृतिको संरक्षणमा योगदान पु¥याउँदै आएको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले बताए। होली पर्वको पौराणिक गाथा, ख्यालठट्टा र मैथिली भाषामा गाइने जोगिरा गीतको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको हो।

मल्लिकले भने, ‘मिथिलाञ्चलमा जोगिरा गीत सुनिन लगभग बन्द भएको छ र भोजपुरी गीतको प्रभुत्व बढिरहेको बेला मिनापले पुरानो संस्कृतिलाई बचाउन होली महोत्सव र महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ।’

‘महामूर्ख’ उपाधि २०६१ सालदेखि दिन थालिएको हो। २०६१ मा मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा एमाले का नेता शीतल झा, २०६३ सालमा जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर बीसी तथा २०६४ सालमा सद्भावना पार्टीका नेता ओमकुमार झालाई महामूर्ख उपाधि दिइएको थियो।
२०६५ सालमा साहित्यकार डा. राजेन्द्र विमल, २०६६ सालमा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ सालमा राजनीतिक विश्लेषक सीके लाल, २०६८ सालमा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ सालमा नेपाली कांग्रेसका नेता रामसरोज यादव तथा २०७० सालमा तमलोपाका नेता डा. विजयकुमार सिंहलाई महामूर्ख उपाधि दिइएको थियो।

प्रकाशित: १ चैत २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast