बाजुराको लक्ष्मी माविले माग्यो विज्ञान शिक्षक, आवेदन शुल्क ४ हजार

हिमाल प्रेस १ चैत २०८१ १३:२२
94
SHARES
बाजुराको लक्ष्मी माविले माग्यो विज्ञान शिक्षक, आवेदन शुल्क ४ हजार

बाजुरा- श्री लक्ष्मी माध्यमिक विद्यालय, बाजुराले मावि तहको विज्ञान विषयको शिक्षकको लागि दरखास्त आव्हान गरेको छ। विद्यालयले दोस्रोपटक दरखास्त माग्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिनको लागि सूचना प्रकाशित गरेको हो।

बडीमालिका नगरपालिका, मार्तडीबाट स्वीकृत शिक्षण सिकाइ केन्द्रीय अनुदानअन्तर्गत विद्यालयले एकजना विज्ञान शिक्षकका लागि दरखास्त मागेको छ।

विद्यालयका प्रधानाध्यापक लालचन्द्र जैसीका अनुसार, योग्य उम्मेदवारले शैक्षिक योग्यता प्रमाणपत्र, नागरिकता र अध्ययन अनुमति पत्रका साथमा आवेदन दिनुपर्नेछ। यसका अतिरिक्त, दरखास्तको लागि चार हजार रुपैयाँ  आवेदन शुल्क समेत बुझाउनुपर्नेछ।

उक्त विद्यालयका लेखापाल रणबहादुर बिकले आवेदन शुल्क तहअनुसार फरक भएको जानकारी दिएका छन्। उनका अनुसार, मावि तहका लागि चार हजार रुपैयाँ आवेदन शुल्क तोकिएको छ।

शिक्षकको चयन प्रक्रिया लेखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा आधारित हुनेछ। दरखास्तको म्याद २०८१ चैत ४ गतेसम्म तोकिएको छ। आवेदन दिने स्थान श्री लक्ष्मी माध्यमिक विद्यालय, लेखाफाँट रहेको छ।

विद्यालयले उल्लेख गरेको शैक्षिक योग्यता अनुसार विज्ञान विषयमा स्नातक वा सो सरहको शैक्षिक योग्यता पूरा गरेका उम्मेदवारहरू आवेदन दिन सक्नेछन्। साथै, उम्मेदवारको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ।

नेपाल सरकारको नियमानुसार तलब सुविधा प्रदान गरिने जानकारी पनि विद्यालय प्रशासनले दिएको छ।

प्रकाशित: १ चैत २०८१ १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast