प्रधानमन्त्री ओलीले यसरी सम्झे लीलबहादुर क्षेत्रीलाई

हिमाल प्रेस १ चैत २०८१ ९:१५ | Friday, March 14, 2025
प्रधानमन्त्री ओलीले यसरी सम्झे लीलबहादुर क्षेत्रीलाई

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

दिवंगत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका छन्।

‘लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्याम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो। उहाँको बसाइँ र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिंगै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन्। भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुरस्कार’ बाट सम्मानित उहाँको ‘बह्मपुत्रको छेउछाउ’, उपन्यासले पनि पूर्वोत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ,’ स्रष्टा क्षेत्री र उनको सृजना बसाइँको आवरण पृष्ठको तस्बिर पोष्ट गर्दै प्रधानमन्त्रीले लेखेका छन्।

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गए राति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो।

प्रकाशित: १ चैत २०८१ ९:१५ | Friday, March 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast