ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने प्रपन्च चलेको प्रष्ट छ : धवलशमशेर राणा

हिमाल प्रेस २९ फागुन २०८१ ९:२८ | Thursday, March 13, 2025
ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने प्रपन्च चलेको प्रष्ट छ : धवलशमशेर राणा राप्रपा महामन्त्री धवल शमशेर। तस्बिर : शमशेर सचिवालय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन्। बर्दिया जिल्लामा आयोजित बृहत् मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राणाले नेपाली जनताले राजसंस्था माग गरेको दाबी गरेका हुन्।

‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य चाहिएको छ,’ राप्रपा नेता राणाले बुधबार भने।

राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म राप्रपाले जारी राखेको अभियान नरोकिने उनले बताए। ‘नेताहरूले हाम्रो धर्म, संस्कृति बेचेको कुरा अहिले प्रस्ट भएको छ। अमेरिकी राष्ट्रपति, अमेरिकी सांसद, भारतीय सांसदहरूले नै यो कुरा उठाइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइबाटै नेपालमा धर्म संस्कृति मास्ने काम भएको, अमेरिका र नेपाल दुवैतर्फ भ्रष्टाचार भएको प्रस्ट भएको छ,’ राणाले भने।

देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनातन हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे।

प्रकाशित: २९ फागुन २०८१ ९:२८ | Thursday, March 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast