काठमाडौँ- राप्रपा सांसद वीना लामाले आफूहरूको खबरदारीका कारण मन्त्रीहरू संसद्मा आउन नसेकेको आरोप लगाएकी छन्। उनले राजावादी सांसदको वकालतले सरकार भागेको आरोप लगाएकी हुन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लामाले भनिन्, ‘राजसंस्था पक्षधरको एक धक्काले हो कि मन्त्रीहरू गायब भएको? तर आउनु भयो उहाँहरूलाई स्वागत छ तर जिम्मेवार बन्न सुझाव दिन चाहन्छु ।’ सरकारी प्रतिनिधिको उपस्थित नभएको भन्दै सभामुखले बैठक स्थगित गरेका थिए। १५ मिनेटपछि मन्त्री बैठकमा पुगेपछि बैठक फेरि सुरु भएको थियो। यसपछि बोलेकी लामाले यस्तो आरोप लगाएकी हुन्।
प्रकाशित: २८ फागुन २०८१ १३:११ | Wednesday, March 12, 2025
प्रतिक्रिया





