मन्त्री आएपछि सुरु भयो प्रतिनिधिसभा बैठक

हिमाल प्रेस २८ फागुन २०८१ १२:३१
8
SHARES
मन्त्री आएपछि सुरु भयो प्रतिनिधिसभा बैठक सभामुख देवराज घिमिरे

काठमाडौँ- सरकारी प्रतिनिधिको उपस्थित नभएको भन्दै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गुनासो गरेपछि स्थगित प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको गुनसो गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। उनले प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै बैठक अगाडि नबढाउन आग्रह गरे।

उनले भने, ‘सरकार सदनलाई हेपिरहेको छ। सरकार हामी जनप्रतिनिधिलाई एउटा कुरामा होइन हरेक कुरामा हेपिरहेको छ। हाम्रा अभ्यासहरु सरकार मानिरहेको छैन। अहिलेसम्म सदन सुरु हुँदासमेत मन्त्री कोही पनि छैनन्। हामी समितिहरुमा, उपसमितिहरुमा प्रतिपक्षी दल उपस्थित हुन्छ। तर सरकार उपस्थित हुँदैन। नियमावलीअनुसार या बैठक चल्दैन। बन्द गरियोस्।’

उनले सरकारले हरेक कुरामा प्रतिपक्षी दलहरुलाई हेपिरहेको आरोप लगाए। लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भएकाले बैठक १५ मिनेटपछि बस्नेगरी सथगित भएको घोषणा गरेका थिए।

प्रकाशित: २८ फागुन २०८१ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast