प्रचण्ड दिनभर रूपन्देहीमा रहने, यस्ता छन् कार्यक्रम

हिमाल प्रेस २८ फागुन २०८१ ८:४० | Wednesday, March 12, 2025
प्रचण्ड दिनभर रूपन्देहीमा रहने, यस्ता छन् कार्यक्रम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो स्तरका नेताहरूसहित आज रूपन्देही जाँदैछन्।

मगर राष्ट्रिय मुक्ति मोर्चाको बुटवलमा हुने छैठौं राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न माओवादी नेताहरु रूपन्देही आउन लागेका हुन्। प्रचण्ड सहितका नेताहरु बुधवार आज बिहान १०ः३० मा भैरहवा विमानस्थल ओर्लेर ओमसतिया गाउँपालिका ६ मा जमुहानी तालमा बन्ने पार्क शिलान्यास गर्नेछन्।

प्रचण्डले दिउँसो १२ बजेदेखि १२ः३० बजेसम्म बुटवल ज्योतिनगरमा पहिरोको जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्ने र दिउँसो १ बजे बुटवलको ट्राफिक चोकमा मगर मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने छन्।

सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, सचिव चक्रपाणी खनाल, पुर्व सभामुख ओनसरी घर्ती लगायतका नेताले पनि सम्बोधन गर्ने छन्।

बुटवलको कार्यक्रमपछि दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म प्रचण्ड सैनामैनाको मुर्गिया रंगशालामा सञ्चालित सैनामैना गोल्डकपका विजयी टिम र खेलाडीलाई पुरस्कार वितरण गर्न पुग्ने छन् ।

प्रचण्ड आजै साँझ काठमाडौं फर्किने कार्यतालिका छ ।

प्रकाशित: २८ फागुन २०८१ ८:४० | Wednesday, March 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast