
काठमाडौँ- नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाली बजारमा सोमबार एक सय रुपैयाँले वृद्धि भएको सुनको मूल्य मंगलबार पाँच सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यो मूल्य १ लाख ७० हजार ४०० रुपैयाँमा थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ जबकी सोमबार यो १ हजार ९८५ रुपैयाँ थियो जसले १५ रुपैयाँको घटबढ देखाउँछ।
प्रकाशित: २७ फागुन २०८१ ११:५१
प्रतिक्रिया