सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

हिमाल प्रेस २७ फागुन २०८१ ९:२१ | Tuesday, March 11, 2025
सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन : कमल थापा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताले लोकतन्त्रमा हुने गरेको छाडातन्त्र, सिन्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको बताएका छन्।

उनले लोकतन्त्रको विकल्प राजतन्त्र नभएको र नहुने भन्दै लोकतन्त्रभित्रकै असन्तुष्टिको विकल्प खोजेको उनले बताएका छन्।

उनले जनताले मर्यादित र जबाफदेही लोकतन्त्र खोजेको दाबी गरेका छन्। ‘राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ। बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्। जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो।’ उनले भनेका छन्,‘ त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन।’

प्रकाशित: २७ फागुन २०८१ ९:२१ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast