काठमाडौँमा निषेधाज्ञापछि राजेन्द्र लिङ्देनले भने : गणतन्त्रको जग कति कमजोर

हिमाल प्रेस २७ फागुन २०८१ ६:४५ | Tuesday, March 11, 2025
काठमाडौँमा निषेधाज्ञापछि राजेन्द्र लिङ्देनले भने : गणतन्त्रको जग कति कमजोर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन। फाइल तस्बिर

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रमाथि प्रश्न उठाएका छन्।

उनले सरकारले निषेधाज्ञा जारी गर्नु गणतन्त्रको जग कमजोर भएको पुष्टि भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गणतन्त्रको जग हल्लिएछ : गणतन्त्र कति कमजोर छ भन्ने यो निषेधाज्ञाले प्रमाणित गर्‍यो।’

जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको छ।

प्रकाशित: २७ फागुन २०८१ ६:४५ | Tuesday, March 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast