
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले कारबाही स्वरूप लगाएको १ लाख रुपैयाँ जरिबाना भुक्तानी गरेको जनाएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरूले क्षति पुर्याएको स्वीकार्दै जरिबाना बुझाएको बताएका हुन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको सत्कार गर्दा सडक संघर्ष गर्दा फोहोर बनाएको भन्दै काठमाडौँ महानगरपालिकाले तोकेको जरिबाना लगाएको थियो।
पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो।
प्रकाशित: २६ फागुन २०८१ १३:५३
प्रतिक्रिया