ज्ञानेन्द्र शाहीले आरोप लगाएपछि विष्णु रिमालले भने : काँक्रा चोरेर खानेहरू, पोल खुल्ने डरमा बियाँ टाँसिदिएर कुद्छन्

हिमाल प्रेस २६ फागुन २०८१ १०:०५ | Monday, March 10, 2025
ज्ञानेन्द्र शाहीले आरोप लगाएपछि विष्णु रिमालले भने : काँक्रा चोरेर खानेहरू, पोल खुल्ने डरमा बियाँ टाँसिदिएर कुद्छन्

काठमाडौँ- राप्रपा नेता ज्ञानेन्द्रबहादुर शाहीले राजावादीको प्रदर्शनमा भारतीय नेता आदित्यनाथको तस्बिर प्रधानमन्त्री र उनका सल्लाहकारले राख्न लगाएको आरोपपछि विष्णु रिमालले स्ष्टीकरण दिएका छन्।

एमाले उपमहासचिवसमेत रहेका रिमालले सामाजिक सन्जालमा काँक्रा चोर्नेहरू, आरोप अरूलाई लगाउन बिँया टाँसिदिने उहाहरण पेस गरेका छन्। उनले भनेका छन्, ‘काँक्रा चोरहरू काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा, हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्।  ‘पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि खाल जोगाउन त्यस्तै हर्कत गर्छन्!’

यसअघि  शाहीले आदित्यनाथको तस्बिर प्रधानमन्त्री र सल्लाहकार रिमालले प्रदर्शनमा राख्न लगाएको आरोप लगाएका थिए।

प्रकाशित: २६ फागुन २०८१ १०:०५ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast