सरकारी लेटरहेडमा पूर्वराजाको सन्देश लेख्ने बास्तोलाले भने : राजावादी हुँ, तिम्रो पद तिमी नै राख

हिमाल प्रेस २६ फागुन २०८१ ६:५९ | Monday, March 10, 2025
सरकारी लेटरहेडमा पूर्वराजाको सन्देश लेख्ने बास्तोलाले भने : राजावादी हुँ, तिम्रो पद तिमी नै राख

काठमाडौँ- सरकारी लेटरहेटमा पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देश लेख्ने पर्यटन प्रवद्र्धक रमेशराज बास्तोलाले सरकारलाई स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सन्जालमार्फत आफू राजावादी भएको र नेपालमा राजा चाहिने जबाफ दिएका छन्। उनले पदबाट राजीनामा दिन परे आफू तयार रहेको आशय व्यक्त गरेका छन्।

उनी पर्यटन प्रवद्र्धकका रूपमा पोर्चुगलको लिजबनमा कार्यरत थिए। सरकारली लेटरहेडमा सन्देश लेखेपछि बास्तोललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

बास्तोलाले सरकारी लेटरहेडमा पूर्वराजा ज्ञानेन्द्रलाई ‘श्री ५’ सम्बोधन गरी फागुन ७ गते उनले दिएको शुभकामना सन्देशलाई स्वागत तथा एक्यबद्धता जनाएका थिए। उनले स्पष्टीकरणमा पदबहाली गरेबापत आफूले सरकारबाट एक रुपैयाँ पनि नलिएको र आर्थिक लाभ नगरेको दाबी गरेका छन्।

प्रकाशित: २६ फागुन २०८१ ६:५९ | Monday, March 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast