 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- रूसले गरेको पछिल्लो आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
दोनेत्सकको डोब्रोपिलियामा रूसको तर्फबाट भएको आक्रमणमा ११ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका युक्रेनको भनाइ छ।
शुक्रबार राति भएको यो आक्रमणमा आठ आवासीय भवन र एक प्रशासनिक भवन क्षतिग्रस्त भएको बताइएको छ।
डोब्रोपिलिया रूस नियन्त्रित दोनेत्सक सहरको उत्तर–पश्चिममा अवस्थित छ।
यसअघि बिहीबार रूसी आक्रमणमा परी पाँच जनाको ज्यान गएको युक्रेनले बताएको थियो।
                            प्रकाशित: २४ फागुन  २०८१ १४:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 