कालिमाटी तरकारी : भान्टा ४० रुपैयाँ, परबर २०० [अरू कति?]

हिमाल प्रेस २४ फागुन २०८१ ८:४६
8
SHARES
कालिमाटी तरकारी : भान्टा ४० रुपैयाँ, परबर २०० [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २२ रुपैयाँ, आलु रातो प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३२ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भान्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ तथा भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ९० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ८० रुपैयाँ, तिते करेला प्रतिकिलो १४० रुपैयाँ, लौका प्रतिकिलो ५० रुपैयाँ, परबर (तराई) प्रतिकिलो २०० रुपैयाँ, घिरौला प्रतिकिलो ९० रुपैयाँ, झिगुनी प्रतिकिलो ९० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित: २४ फागुन २०८१ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast