
काठमाडौँ- फागुनको चौथो अर्थात् अन्तिम शनिबार। आज विशेषत: नारी दिवस। यससम्बन्धी राजधानीमा विविध कार्यक्रम पनि हुँदैछ। त्यस्तै केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ।
जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। यो साता हलमा ‘होस्टेल ३’, ‘लाज शरणम्’, ‘रेशम फिलिली’ र ‘मायावी’ चलिरहेको छ। यस बाहेक केही हिन्दी र अंग्रेजी फिल्मको पनि सीमित सो छ। त्यस्तै साहित्यमा रुची हुनेका लागि बालिका वान्तवा र उषा केसीको उपन्यास लोकार्पण हुँदैछ। र मण्डलामा वनझाँक्रीको कथा समेटिएको नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ मञ्चनरत छ।
उषा के.सी. को उपन्यास ‘हिउँफूल’ लोकार्पण
अनामनगरस्थित डालो रेस्टुरेन्टमा उषा के.सी. को उपन्यास ‘हिउँफूल’ लोकार्पण हुँदैछ। साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रम मध्याह्न १२:४० बजे सुरू हुनेछ। पुस्तक भूँडीपुराणले प्रकाशन हो।
बालिका वान्तवाको उपन्यास ‘प्याउली’ लोकार्पण
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आज बालिका वान्तवाको उपन्यास ‘प्याउली’ लोकार्पण हुँदैछ। सम्भव समूहको आयोजनामा कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ। उपन्यास कलरव प्रकाशन प्रकाशित गरेको हो।
भक्तपुरमा सुशान्त केसी लाइभ इन कन्सर्ट
भक्तपुरस्थित सल्लाघारी चौर आज बेलुका गायक सुशान्त केसीको कन्सर्ट हुँदैछ। सन् २०१६ देखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका सुशान्तले भक्तपुरमा बार्दली, सारङ्गी, पर्खन, झ्यालबाट, रिसाउने भए र आमालगायतका चर्चित गीतमा प्रस्तुति दिनेछन्। कन्सर्ट टीआरएन इभेन्ट्सले आयोजना गरेको हो।
मण्डलामा ‘उम्लिँदो खरानी र लेम्लेमा’
मण्डलामै फागुन ९ देखि नाटक ‘उम्लिँदो खरानी र लेम्लेमा’ नाटक मञ्चनरत छ। अभिनेत्री पशुपति राईको परिकल्पना र निर्देशनमा बनेको नाटकमा लेम्लेमा पात्रमार्फत मिथकीय कथामा महिलालाई कसरी प्रस्तुत गरिएको छ भन्ने देखाइएको छ।मिल्सन राईको लेखन रहेको नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, युवाहाङ राई, थिन्ले ल्हामो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री र बलबहादुर राईको अभिनय छ। चैत ३ सम्म मञ्चन हुनेछ।
हलमा ४ नेपालीसहित कुन कुन फिल्म?
होस्टेल ३
फागुन २३ देखि हलमा ‘होस्टेल ३’ प्रदर्शन भइरहेको छ। होस्टेलकै कथामा बनेको फिल्ममा सबै कलाकार नयाँ छन्। सशान कँडेलको निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, लबिम मल, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको ३० सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, सिडिसी सिनेमाज, सिटी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल फिल्म‘होस्टेल ३’ चलिरहेका अन्य हल हुन्।
मिकी १७
हलिउड फिल्म ‘मिकी १७’ फागुन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म एडभेञ्चर र ड्रामा जनरामा बनेको छ। बोङ जुन होले निर्देशन गरेको फिल्ममा रोबर्ट प्याटिनसन, टोनी कोलेट, मार्क रफालो, स्टीवन युन, नाओमी अकीथोमस टर्गुजलगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्वायर मल र छाया सेन्टरमा फिल्मको १५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, सिटी सिनेमाजमा फिल्म ‘मिकी १७’ चलिरहेको छ।
ओभरलोडः द सेक्रेट किङडम
फागुन २३ देखि नै हलमा जापानीज फिल्म ‘ओभरलोडः द सेक्रेट किङडम’ प्रदर्शन भइरहेको छ। एक्सन एडभेञ्चर जनरामा बनेको फिल्म शनिबार उपत्यकामा आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज र रञ्जना सिनेप्लेक्समा चलिरहेको छ।
लाज शरणम्
फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमाको १७ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, सिटी सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ।
फेरि रेशम फिलिली
निरोज महर्जनको डेब्यु निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ मा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवकको विदेश मोहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको ६ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, सिके सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति हल फिल्म ‘फेरि रेशम फिलिली’ चलिरहेको अन्य हल हुन्।
मायावी
दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ फागुन १४ देखि हलमा चलिरहेकाे छ। फिल्ममा प्रेम र त्यागको कथा प्रस्तुत गरिएको छ। फिल्मको कथा र पटकथा निर्देशक दिवाकरले नै लेखेका हुन्। फिल्ममा दीपिका प्रसाईं, पल शाह, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौड्याल, रवि डंगोललगायत कलाकारको अभिनय छ।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल र छाया सेन्टरमा फिल्मको ४ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स, एफक्यूब सिनेमाज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स र विश्वज्योति हलमा फिल्म ‘मायावी’ प्रदर्शनरत छ।
बलिउड ‘छावा’
बलिउड फिल्म ‘छावा’ पनि फागुन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा विक्की कौशल र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्।
शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, छाया सेन्टर, सिभिल मल, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको ९ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सिटी सिनेमाज, सिडिसी सिनेमाजमा फिल्म चलिरहेको छ।
क्याप्टेन अमेरिका : व्रेभ न्यू वल्र्ड
त्यस्तै हलिउड फिल्म ‘क्याप्टेन अमेरिकाः व्रेभ न्यू वल्र्ड’ पनि फागुन २ देखि नै हलमा प्रदर्शन भइरहेको छ। साम विल्सनको मुख्य भूमिका रहेको फिल्म एक्सन एडभेञ्चर जनरामा बनेको छ।
शनिबार उपत्यको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टरमा फिल्मको २ सो छ।