
काठमाडौँ- सरकारले जारी गरेका ६ मध्ये पाँच अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएको छ। बिहीबार राष्ट्रियसभा बैठकमा निर्णयार्थ प्रस्तुत भएका पाँच अध्यादेश बहुमतले स्वीकृत भएको हो।
सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभा बैठकबाट स्वीकृत भएको हो।
यी अध्यादेशविरूद्ध विपक्षी दलहरूले दर्ता गरेको सूचनाहरू बहुमतले अस्वीकृत भएका थिए।
यसअघि यी पाँचवटै अध्यादेश बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट पनि स्वीकृत भएका थिए। दुवै सदनबाट अध्यादेश स्वीकृत भएसँगै सरकारले प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ।