सुनचाँदीको मूल्य आज फेरि उकालो

हिमाल प्रेस २२ फागुन २०८१ ११:२९
22
SHARES
सुनचाँदीको मूल्य आज फेरि उकालो

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ। मंगलबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य १ लाख ७० हजार ४ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै गएको छ। बुधबार १ हजार ९५० रुपैयाँ मा कारोबार भएको चाँदी बिहीबार १ हजार ९८५ रुपैयाँ मा किनबेच भइरहेको छ जसमा प्रतितोला ३५ रुपैयाँको वृद्धि भएको हो।

प्रकाशित: २२ फागुन २०८१ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast