काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि र प्रक्रिया अनुसार विकासका योजनाहरू माग गरे सहज हुने बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका सभापति र प्रशिक्षण शाखा प्रमुखहरूका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन्।
उपप्रधानमन्त्री सिंहले योजना छनौट निश्चित विधि हुनेभन्दै त्यसलाई ध्यान दिएर योजना माग गर्नुपर्नेमा जोड दिए।
उनले बजेट निर्माणका क्रममा पार्टीका विभिन्न तहका समिति,जनप्रतिनिधि सबैको राय सुझाव समेटेर छलफलबाटै नयाँ योजनाहरू छनौट हुने पनि बताए। ‘यो गठबन्धन सरकार हो । सबै कुरा कांग्रेसले भनेको मात्रै हुँदैन । गबन्धनमा रहेका सबै दलले केही न केही लचक हुनुपर्ने अवस्था छ,’ उनले भने।

                                             
                                             
                                             
                                             
                                             
                                             

