
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) मानविकी तथा सामाजिक शास्त्र संकायले सञ्चालन गर्ने दर्शनाचार्य-विद्यावारिधि कार्यक्रमका लागि आवेदन दिने समयावधि थप गरिएको छ।
डीन कार्यालयले तोकेका विषयहरूमा नयाँ भर्ना हुन चाहने विद्यार्थीहरूले प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम भर्न सक्ने समय थप गरिएको विश्वविद्यालयले जनाएको छ।
आवेदन फाराम भर्ने अन्तिम म्याद चैत ५ गते राति १२ बजेसम्म, विलम्ब शुल्कसहित आवेदन दिने म्याद चैत १० गते राति १२ बजेसम्म थप गरिएको छ।
आवेदन दस्तुर पाँच हजार, विलम्ब शुल्क दोब्बर लाग्नेछ। चैत १६ गते शनिबार बिहान ८ देखि ११ बजेसम्म प्रवेश परीक्षा हुनेछ। परीक्षा त्रिवि कीर्तिपुर परिसरमा सञ्चालन हुनेछ।
प्रकाशित: २० फागुन २०८१ १५:३३
प्रतिक्रिया