सहसचिव तहमा शिक्षक राख्दा शिक्षा सुधार सम्भव : प्रधानाध्यापक गौतम

हिमाल प्रेस २० फागुन २०८१ १२:३०
1.1k
SHARES
सहसचिव तहमा शिक्षक राख्दा शिक्षा सुधार सम्भव : प्रधानाध्यापक गौतम

काठमाडौँ- रानीदेवी माध्यमिक विद्यालय काठमाडौँका प्रधानाध्यापक नारायणप्रसाद गौतमले नेपालको शिक्षा प्रणालीमा समग्र सुधारका लागि सहसचिव तहमा शिक्षक नियुक्त गर्ने व्यवस्था आवश्यक रहेको बताएका छन्।

उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा माध्यमिक शिक्षा शाखामा सहसचिवका रुपमा शिक्षकलाई नियुक्त गर्दा कम्तिमा सामुदायिक विद्यालयको वास्तविकता बुझ्न र सुधारको लागि काम गर्न सक्छ।

प्रधानाध्यापक गौतमले थप भने,‘हाम्रो शिक्षा प्रणालीमा शिक्षकहरूको तलब, ग्रेड र सेवासुविधामा विभेद छ जसले शिक्षण पेसालाई आकर्षक बनाउने प्रक्रियामा अवरोध पुर्‍याएको छ। यदि सहसचिव तहमा शिक्षकलाई राख्न सकियो भने उनीहरूको अनुभव र ज्ञानबाट शिक्षा प्रणालीमा सुधार ल्याउन मद्दत मिल्नेछ।’

उनले उदाहरणको रुपमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका कार्यकाललाई राख्दै भने,‘जस्तै भिसीको कार्यकाल सकिएपछि कक्षामा फर्केर पढाइ गर्ने जिम्मेवारी दिइन्छ, त्यसैगरी शिक्षकलाई आवधिक रुपमा सहसचिवको तहमा पठाउँदा उनीहरूले विद्यालयको वास्तविक अवस्था बुझेर सुधार गर्न सक्नेछन्।’

अवधि ५ वर्षे, २ वर्षे कति हुने त्यो कानुन बनाएर शिक्षकलाई विद्यालय फर्काएर सुधारका लागि काम गर्न प्रस्ताव गरे। ‘यसले शिक्षकलाई आफ्ना नियम र पद्धतिहरूसँग मेल खाने गरी विद्यालयमा फर्केर काम गर्न प्रोत्साहन दिन्छ,’ उनले भने।

प्रधानाध्यापक गौतमका अनुसार प्रदेश र स्थानीय तहमा पनि शिक्षा शाखा प्रमुखको रुपमा शिक्षकलाई जिम्मेवारी दिने व्यवस्था गरिनुपर्छ। यसरी शिक्षकहरूको व्यवस्थापन सुधार गर्दा नेपालको शिक्षा प्रणालीमा ठूलो परिवर्तन आउने विश्वास उनले व्यक्त गरे।

प्रकाशित: २० फागुन २०८१ १२:३०

प्रतिक्रिया

One thought on “सहसचिव तहमा शिक्षक राख्दा शिक्षा सुधार सम्भव : प्रधानाध्यापक गौतम

  1. शिक्षक महासङ्घका प्रतिनिधि शिक्षक शिक्षा सचिव सरह हौ भनेर साेफामा बसेर शिक्षककाे हकहितकाे लागि ठालु बन्दा सबै खाले शिक्षक र विद्यालय कर्मचारीले दुख र सास्ती भाेगेका छन । सचिव भन्दा तल्लाे दर्जाकाे सह सचिव बरावर त मा वि प्रथम श्रेणीका शिक्षक छदैछन, बरु छिमेकी देश भारतकाे जस्तै ती माध्यमिक तह प्रथम श्रेणीका शिक्षक मध्येबाट प्रत्येक जिल्लामा आन्तरिक लिखित, अन्तरवार्ता लिएर शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बनाउने हाे भने विद्यालय शिक्षामा सहयाेग पुग्नेछ ।
    काेहि कसैले दुख महसुस नगरौ, शिक्षक बिग्रेका अधिकार नभएर, तलब कम भएर, हेपिएर , चेपिएर नभएर खुलेआम दलिय प्रतिनिधि र नपढाई तलब खाएर मात चढेको तिताे सत्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast