नेमकिपाको नेतृत्व चयन : आफैँलाई चुन्ने वा नेतृत्व छाड्ने विजुक्छेँकै हातमा

हिमाल प्रेस २० फागुन २०८१ ६:५४
302
SHARES
नेमकिपाको नेतृत्व चयन : आफैँलाई चुन्ने वा नेतृत्व छाड्ने विजुक्छेँकै हातमा फाइल तस्बिर-रासस

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशन लम्बिएको छ। नयाँ नेतृत्व चयन गर्न बाँकी छ। पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले महाधिवेशन एक दिन लम्बिएको र मंगलबार (आज) नयाँ नेतृत्व चयन हुने बताए।

उनले भने, ‘महाधिवेशन आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै आज सम्पन्न गर्ने भनिए पनि एक दिन लम्बिएको छ । आजको बन्द सत्रमा हिजो पेस भएका प्रतिवेदनमाथि सात वटा समूह बनाएर छलफल, पार्टीको विधान संशोधनबारे बहस,महाधिवेशनको घोषणा पत्र तयारी,राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीतिलगायत विषयमा छलफल गर्दा समय अपुग हुँदा एक दिन लम्बिएको हो ।’

महाधिवेशनमा ५० जिल्लाका करिब तीन सय प्रतिनिधि सहभागी छन्। यसअघिसम्म नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छेँ लामो समयदेखि रहदै आएका छन्। अब पनि विजुक्छेँले छाडे मात्रै नयाँ नेतृत्व आउने सम्भावना छ।

भक्तपुरबाट नै प्रतिनिधिसभामा निर्वाचित हुने विजुक्छेँ यसअघिबाटै चुनाव लड्न भने छाडेका छन्। उनको स्थानमा नेमकिपा सचिव प्रेम सुवाल भक्तपुरबाट चुनाव लड्ने गर्दछन्। अब पनि नेमकिपामा विजुक्छेँको विकल्पमा सुवाललाई हेरिएको छ। यद्यपि, विजुक्छेँले चाहेमा फेरि अध्यक्ष बन्न सक्छन्।

विजुक्छेँ विसं २०३१ माघ १० गतेदेखि नेमकिपाको अध्यक्ष रहँदै आएका छन्।

प्रकाशित: २० फागुन २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast