बीवाईडी हाईटेक विक सम्पन्न

हिमाल प्रेस १९ फागुन २०८१ २०:०७
बीवाईडी हाईटेक विक सम्पन्न

काठमाडौँ- बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले सफलतापूर्वक बीवाईडी हाईटेक विक सम्पन्न गरेको छ।

चीनबाहिर पहिलोपटक सम्पन्न भएको यो कार्यक्रममा इनजी भेइकल प्रविधिमा उपलब्ध अत्याधुनिक गाडीहरू प्रदर्शनीमा राखिएको थियो।

बीवाईडी हाईटेक विकको एक महत्वपूर्ण क्षणको रूपमा नेपालका एक ग्राहकलाई वैश्विक उपलब्धिको रुपमा रहेका १० लाख १० हजारौँ बीवाईडी एट्टो ३ प्रदान गर्नु रहेको थियो।

प्रदर्शनीका क्रममा बुकिङ गरिएका सबै बीवाईडी ईभीमा १० वर्ष वा दुई लाख किलोमिटर वारेन्टी उपलब्ध गराइएको छ। यो अफर मार्च ९ सम्म जारी रहने वितरकले जनाएको छ।

समापनको अवसरमा बोल्दै साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ले चीनबाहिर पहिलोपटक आयोजना गरिएको बीवाईडी हाईटेक विक सफलतापूर्वक सम्पन्न भएको बताइन्।

अवलकोनकर्ताहरूबाट उत्साहजनक रुपमा सकारात्मक प्रतिक्रिया आएको उनले बताएकी छन्।

प्रकाशित: १९ फागुन २०८१ २०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast