
काठमाडौँ- नेपाल आएका फिफा विश्वकप विजेता इटालियन गोलकिपर जियानलुजी बफोनसँग आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले चियानास्ता गरेका छन्।
प्रधानमन्त्री ओलीले फेसबुकमा बफोनसँगको भेटको बारेमा जानकारी दिएका हुन्। उनले भने, ‘नेपाल आउनु भएका इटालियन गोलकिपर जियानलुइजी बफोनसँग आज बिहान सँगै चियानास्ता गर्ने अवसर मिल्यो। उहाँको नेपाल बसाइ सुखद् रहोस्।’
केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा पारेर बफोन आइतबार नेपाल आएका हुन्। उनलाई दर्शकहरूले निकै आतिथ्यपूर्ण स्वागत गरेका छन्।
बफोनको नेपाल भ्रमणको क्रममा विभिन्न कार्यक्रम र सामाजिक काजहरू आयोजना गर्ने योजना रहेको बताइएको छ।
प्रकाशित: १९ फागुन २०८१ १२:०५
प्रतिक्रिया