सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित रानीखोला सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु सोताङ गाउँपालिका-४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित: १९ फागुन २०८१ ७:३२ | Monday, March 3, 2025
प्रतिक्रिया


