हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन, हिउँ पन्छाइँदै

हिमाल प्रेस १८ फागुन २०८१ १२:१९
18
SHARES
हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन, हिउँ पन्छाइँदै

मुगु- बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडक अझै खुलेको छैन। सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ।

बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै बिजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए।

कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगन्जबाट आएको कार्कीले बताए।

सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरू र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ। आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए।

जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ। हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरू तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले टेलिफोनमार्फत जानकारी गराए।

प्रकाशित: १८ फागुन २०८१ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast