राष्ट्रियसभाको बैठक बस्दै

हिमाल प्रेस १८ फागुन २०८१ ८:२७
14
SHARES
राष्ट्रियसभाको बैठक बस्दै राष्ट्रियसभाको बैठकमा सहभागी सदस्यहरू। फाइ

काठमाडौँ- राष्ट्रियसभाको बैठक आइतबार बस्दैछ। काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे बस्नेछ।

बैठकका लागि ८ वटा कार्यसूची तय गरिएको छ। अध्यक्षले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरू हेरफेर गर्नेछन्।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित: १८ फागुन २०८१ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast