
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले लागू औषधमुक्त समाज निर्माणका निम्ती लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्।
शनिबार काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागू औषध विरुद्धको महाअभियान उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले लागू औषध व्यक्ति, परिवार हुदै समाजकै लागि घातक रुपमा देखा परिरहेको बताए।
“लागूऔषध अत्यन्त चुनौतीका रुपमा देखिएको छ, युवाहरुमा नकरात्मक असर पारेको छ।” गृहमन्त्री लेखकले भने, “सरकार, प्रहरीकोको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ।”
लागूऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले अभियानका रुपमा सञ्चालन गर्न जरुरी रहेको बताए।
“लागूऔषध प्रयोगकर्ताको जीवन समाप्तीतर्फ गएकै छ। समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरु अपराधको पनि वृद्धि गरेको छ।” उनले भने, “समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ। धेरै अपराधको जगमा लागूऔषध छ।”
लागूऔषध विरुद्धको महाअभियान देशव्यापी रुपमा चलाउन जरुरी रहेको भन्दै उनले
विद्यालय स्तरसम्म महाअभियान पु¥याउन आवश्यक रहेको बताए।
“महाअभियानलाई प्रत्येक जिल्ला पालिका र टोल, विद्यालय क्याम्पससम्म जोड्नुपर्छ । यदि समयमै नियन्त्रण गरेनौ भने दश÷पन्ध्र बर्षमा एउटा पुस्ता नै नराम्रोसित प्रभावित हुने खतरा देखिराख्याछु।”