रिंकु सदालाई न्याय दिलाउने प्रचण्डको प्रतिवद्धता

हिमाल प्रेस १७ फागुन २०८१ १२:०६
14
SHARES
रिंकु सदालाई न्याय दिलाउने प्रचण्डको प्रतिवद्धता

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिंकुकुमारी सदाको घरमा पुगेर उनलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिंकुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला पारेकी थिए।

जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवंगत रिंकुको घरमा पुगेका हुन्।

आफ्नो पार्टीले रिंकुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उनले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ।

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएका थिए।

प्रकाशित: १७ फागुन २०८१ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast