तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

हिमाल प्रेस १७ फागुन २०८१ ८:२३
4
SHARES
तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

दाङ- दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए । ‘हाइटेन्सन’ लाइन नै खाली हुँदा ‘करेन्ट’ लाग्ने जोखिम थियो । त्यो जोखिम अब हट्ने भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ‘हाइटेन्सन’ लाइनका लागि खाली तार हटाएर नयाँ तार राखेको छ, भने तारमा ‘कभर’ पनि राखेको छ।

साथै यसअघि ३० स्क्वायर मिटर तार रहेकोमा ती तार हटाएर एकसय स्क्वायर मिटर तार राखिएको छ । यस अघि तार चुडिने, क्षमता नधान्नेजस्ता समस्या पनि अन्त्य हुने वितरण केन्द्र तुलसीपुरका प्रमुख शिव नारायण गोशलीले बताए । उनका अनुसार तुलसीपुर बजार क्षेत्रलाई सुरक्षित बनाउन यस्तो कार्य गरिएको हो ।

बजार क्षेत्रभित्रको ४५ किलोमिटर तारलाई त्यसरी कभर राख्नुका साथै एक सय स्क्वायर फिट बनाइएको हो । एक करोड रुपैयाँ लागतमा ती तार फेरिएको उनको भनाइ छ । तुलसीपुरमा विद्युतका ५२ हजार दुईसय ९० ग्राहक रहेका छन् ।

प्रकाशित: १७ फागुन २०८१ ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast