नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

हिमाल प्रेस १६ फागुन २०८१ १५:२२ | Friday, February 28, 2025
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ– नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ।

चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन्।

सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन्। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन्। उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन्।

उनका दुई छोरा छन्।

प्रकाशित: १६ फागुन २०८१ १५:२२ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast