खोटाङमा बाँस सम्मेलन [तस्बिरहरू]

हिमाल प्रेस १६ फागुन २०८१ १३:५२ | Friday, February 28, 2025
खोटाङमा बाँस सम्मेलन [तस्बिरहरू]

इटहरी- खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ। सदरमुकाम दिक्तेलस्थित कभर्डहलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँसबाट बनेको यलम्बर बाजा बजाएर कार्यक्रम उद्घाटन गरेका थिए।

शनिबारसम्म चल्ने बाँस सम्मेलन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना र वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश, वन तथा प्रशिक्षण केन्द्र बबरमहल र ग्रिन ब्याम्बो क्रिएसन ललितपुरको आयोजनामा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए। सम्मेलनमा अनुमानित ४७ लाख बराबरको खर्च हुने अनुमान गरिएको उपप्रमुख विशन राईले बताए।

ठकुरीले पर्यावरणका लागि बाँस, मानव सभ्यतासँग जोडिएको बाँसको उपयोगिता र आधुनिक औद्योगिक प्रयोजनका लागि बाँसको प्रयोग विषयमा चर्चा गरे। प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बाँसबाट निर्मित फर्निचर आफ्ना कार्यालयमा उपयोग गर्दै बाँसको उपयोगिताको जागरण र नेपालमा बनेको वस्तु प्रवर्धनन गर्न नीतिगत रूपमै सुधार गर्नुपर्छ भनेर बाँस सम्मेलन गर्नु सकारात्मक भएको बताए।

प्रकाशित: १६ फागुन २०८१ १३:५२ | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast