पोखरामा पनि भूकम्पको धक्का महसुस

हिमाल प्रेस १६ फागुन २०८१ ११:४० | Friday, February 28, 2025
पोखरामा पनि भूकम्पको धक्का महसुस

पोखरा- पोखरालगायत नेपालका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार राति २:५१ मिनेटमा भूकम्पको धक्का महसुस भएपछि सुतिरहेका मानिसहरू उठेका थिए।

पोखरेलीहरू पनि घर बाहिर निस्किएका थिए। कास्कीलगायत काठमाडौँ, चितवन, लमजुङ क्षेत्र मानिसहरूले पनि भूकम्पले हल्लाएको भन्दै सामाजिक सञ्जालमार्फत त्रास व्यक्त गरेका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्प मापन भएको बताएको छ। भूकम्पबाट क्षतिको विवरण आइसकेको छैन।

प्रकाशित: १६ फागुन २०८१ ११:४० | Friday, February 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast