नेपाललाई हराउँदै म्यानमारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि

हिमाल प्रेस १४ फागुन २०८१ २०:०९ | Wednesday, February 26, 2025
नेपाललाई हराउँदै म्यानमारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि

काठमाडौँ- चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को उपाधि म्यानमारले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा नेपाललाई २–० ले हराउँदै म्यानमारले उपाधि जितेको हो।

म्यानमारका लागि यु पेर खाइनले एक गोल गरिन् भने एक गोल नेपालका लागि आत्मघाती भयो।

नेपालले हालसम्म अन्तर्राष्ट्रिय १३ वटा प्रतियोगिताको फाइनलमा पुगेको छ। तर अहिलेसम्म उपाधि भने जित्न सकेको छैन।

हेर्नुहोस् सूची

२०२५ अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप- म्यानमारसँग २-० ले पराजित

२०२४ साफ महिला च्याम्पियनसिप – बंगलादेशसँग २-१ ले पराजित

२०२२ साफ महिला च्याम्पियनसिप – बंगलादेशसँग ३-१ ले पराजित

२०१९ साफ महिला च्याम्पियनसिप – भारतसँग ३-१ ले पराजित

२०१४ साफ महिला च्याम्पियनसिप – भारतसँग ६-० ले पराजित

२०१२ साफ महिला च्याम्पियनसिप – भारतसँग ३-१ ले पराजित

२०१० साफ महिला च्याम्पियनसिप – भारतसँग १-० ले पराजित

२०१९ दक्षिण एसियाली खेलकुद – भारतसँग ३-१ ले पराजित

२०१६ दक्षिण एसियाली खेलकुद – भारतसँग ४-० ले पराजित

२०१० दक्षिण एसियाली खेलकुद – भारतसँग ३-१ ले पराजित

२०२४ डब्लुएएफएफ च्याम्पियनसिप – जोर्डनसँग ५-३ (टाइब्रेकर) मा पराजित

२०१९ हिरो महिला गोल्ड कप – म्यानमारसँग ३-१ ले पराजित

२०१९ नादेज्दा कप – उज्वेकिस्तानसँग ३-२ ले पराजित

प्रकाशित: १४ फागुन २०८१ २०:०९ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast