महाशिवरात्रिले आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्छ : उपराष्ट्रपति

हिमाल प्रेस १४ फागुन २०८१ ६:५८ | Wednesday, February 26, 2025
महाशिवरात्रिले आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गरे।

‘विभिन्न शिवालय, शिव मन्दिर, महादेव मठलगायत धार्मिकस्थलमा मेलाहरूको आयोजना हुनुले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ, यसले आर्थिक गतिविधि वृद्धि भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ’, उनले भनेका छन्।

प्रकाशित: १४ फागुन २०८१ ६:५८ | Wednesday, February 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast